नेपाललाई खेलकुदबाट चिनाउने पाँच महिला खेलाडी



काठमाडौं । आज मार्च आठ, अर्थात अन्तर्राष्ट्रिय नारी दिवस। आमाको काख, दिदी बहिनीको स्नेह अझ भनौँ नारी पात्रको प्रगाढ  माया भित्रनै एउटा पुरुषको अवयवहरू चलायमान हुन्छन् । महिलाको कुरा गर्दा नेपाली खेलकुद क्षेत्र अक्षुतो हुने कुरै भएन।

नेपाली खेलकुदमा यस्ता महिला खेलाडी छन् । जसले नेपाल र नेपालीलाई सधै अन्तर्राष्ट्रिय जगतमा खेलकुद मार्फत चिनाएका छन् । जसले नेपालको   शिर उँचो बनाएका छन  । यस पात्रमा पर्छन, गौरिका सिंह, सावित्री भण्डारी, सविता राज भण्डारी, आयशा शाक्य र संंगिना वैद्य । 

१, गौरिका सिंह, पौडी
२०७६ साल पुरा खेलकुद गौरिका सिंह मय भयो । उनले उपलब्धि हासिल गरेकी थिइन् घरेलु भूमिमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडी तर्फ चार स्वर्ण । यति मात्रै हैन उनले दुई रजत र तीन कास्य पनि जितिन् । यस अघि उनलाई कमैले चिनेका थिए । गौरिका धेरै लण्डनमा बस्छिन् । पौडी खेलाडी उतै अभ्यास गर्छिन् । मात्र नेपालमा प्रतियोगिताको अन्तिम तयारी र सहभागिताका लागि आउने गर्छिन् । 

गौरिकाले सन् २०१६ मा भएको १२औं सागमा पनि एक रजत र तीन कास्य जितेकी थिइन्गोवाहटीमा उनले प्राप्त गरेको उपलब्धीनै पौडीले जितेको पहिलो उपाधि रह्यो । उमेरले २० लाग्दै गरेकी गौरिका हाल समेत नेपाल बाहिर नै छिन् । महिला दिवसको दिन मात्रै हैन, हरेक महिलाको खेलकुदमा कुरा चल्दा गौरिका औलामा गनिने खेलाडी हुन्। 

२, सावित्रा भण्डारी, फुटबल 
सावित्रा भण्डारी, उपनामले साम्बा अर्थात नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड । घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफुलाई स्थापित गर्ने चर्चित पात्रमा पर्छिन् साम्बा । गोल गर्ने शैली, हेयर स्टायल, अनि गोल गरेपछि मनाउने खुसियाली, जहिल्यै चर्चाको विषय रहन्छ । 

देश तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा पाईसकेकी सावित्राले अन्तर्राष्ट्रिय गोल ३८ पुर्याउँदै उच्च गोलकर्ताको शीर्षस्थानमा आफूलाई उभ्याएकी छिन् । एपीएफ जागिरे समेत रहेकी सावित्रा आफूले खेलेको प्रतियागितामा सधै सर्वाधिक गोलकर्ताको होडमै रहने गर्छिन् । 

घरेलु फुटबलमा उनले गरेको गोलको कुनै लेखाजोखा नै छैन । मात्र छ त अन्तर्राष्ट्रिय खेलको । उनले एक महिला भएर यो स्थानसम्म आउनुमा सबै दुख भोगेकी पनि छिन् । जमजुङकी साम्बाले नेपालको प्रतिनिधित्व गर्दै साफ च्याम्पियनसिप, साग गेम्स हुँदै ओलम्पिक छनोटको दोस्रो चरण समेत खेलेकी छिन् । हाल चोटका कारण रिकवरी हुने तयारीमा रहेकी सावित्राले माल्दिभ्सको फुटसल लिग र भारतको महिला लिगमा समेत आफ्नो छाप छाडेकी छिन् । 

३, सविता राज भण्डारी, तेक्वान्दो
साविता राज भण्डारी हाल नेपालमा त छैनन् तर उनको चर्चा नेपालमा सधै भईरहन्छ । यति मात्रै हैन, विशेष खेलकुद क्षेत्रमा । तेक्वान्दोकी यी खेलाडी नेपालको लागि एसियाली खेलकुदमा रजत पदक जित्ने एक मात्रै हुन् । 

हाल अमेरिकामा रहेकी सविताले सन् १९९८ को डिसेम्बरमा आयोजना भएको १३औं एसियाली खेलकुदमा आफ्नो प्रतिभा देखाउँदै रजत पदक जिताईन् । घरेलु खेलकुदमा स्वर्णको चाङ लगाएकी सविताले यो उपाधिलाई अन्य नेपाली खेलाडीले भेट्टाउन सकेका छैनन् । 

सविताले नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) मा समेत स्वर्ण पदक जितिन् । सन् २००२ यता अमेरिकामा रहँदै आएकी सविता विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का पाँचौ डान प्राप्त खेलाडी हुन् । सविताको नाम नेपाली खेलाडीको हरेक सफलता, असफलता र गतिविधिसँगै चलिरहेको हुन्छ । 

४, आयशा शाक्य, तेक्वान्दो
नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशा शाक्यले दोहोरो स्वर्ण पदक जितिन् । महिला खेलाडीले पाएको सफलतामा यो पनि थोरैमा रहने गर्छ । ललितपुर पाटनकी आयशाले तेक्वान्दोेमै साग गेम्समा चार स्वर्ण पदक विजयी तथा ओलम्पियन दीपक विष्टसँगै विवाह बन्धनमा बाधिएकी छिन् ।

११औं सागमा स्वर्ण तथा १२ औं सागमा आयशाले रजत पदक जितेकी छिन् । दुई छोराकी आमा बनेर पनि नेपाललाई १३औं सागमा दोहोरो स्वर्ण पदक जिताएपछि आयशाको चर्चा झनै चुलिएको थियो । 

५, संगिना बैद्य, तेक्वान्दो
नेपाली खेलकुदले पाएको र सँधै चर्चामा रहने ठुलो नाम हो संगिना वैद्यअन्तर्राष्ट्रिय खेलकुदमा नेपालका लागि गर्भ गर्न लायक क्षण कमै हुन्छन् । तर त्यसलाई संगिनाले परास्त गरिन् । सन् २००४ को फेब्रुअरीमा भएको एथेन्स ओलम्पिकका लागि तेक्वान्दोको छनोटमा एसिया र ओसियाना क्षेत्रको प्रतियागिताको संयुक्त रुपमा आयोजना भएको थियो । 

थाईल्याण्डमा भएको उक्त महिला ‘फ्लाई वेइट’मा संगिता विजयी हुँदै ओलम्पिकमा छनोट भएर सहभागीता जनाउने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । जसको चर्चा निकै नै भएको थियो र भईरहन्छ । नुवाकोट स्थायी भएकी संगिना हाल तेक्वान्दो प्रशिक्षकका रुपमा रहेकी छिन्। खेलाडीको रुपमा संगिनाले ३१ प्रतियोगितामा सहभागी भएर २० स्वर्ण, १ रजत र ४ कास्य जितेकी छिन् । 

प्रतिक्रिया दिनुहोस्