दीपेन्द्रको अर्धशतकमा नेपालले श्रीलंका नेभीलाई दियो १९७ रनको लक्ष्य



काठमाडौं । अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको हो ।

नेपालका लागि दीपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६ र पवन सराफले २२ जोडे । त्यस्तै कप्तान सन्दीप लामिछानेले अविजित १४ रन जोडे । यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो ।

नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्