कान्छीमायाले जितिन् हाफ म्याराथनको उपाधि



तनहुँ । दोस्रो व्यास नगर महिला खुल्ला हाफ म्याराथन–२०७८ मा अन्तर्राष्ट्रिय धावक भक्तपुरकी कान्छीमाया कोजु प्रथम भएकी छिन् ।
उनले व्यास गुफादेखि तनहुँसुर दरबारसम्मको २१ किमिको दुरी १ घण्टा ५५ मिनेट १२ सेकेन्डमा पार गरेकी हुन् ।
उनी कोजु एपीएफ क्लबमा आवद्ध रहेकि छिन् । नेपाल प्रहरीकी रेखा बम बिष्टले दोस्रो स्थान हाँसिल गरिन् । बमले उक्त दुरी दुई घण्टा ४ मिनेट ४२ सेकेण्डमा पार गर्न सफल भइन् ।
व्यास–१० दुम्सी चौरकि १५ वर्षिया नम्रता गुरुङले तेस्रो स्थान हाँसिल गरिन् । उनले दुई घण्टा ११ मिनेट २३ मिनेटमा उक्त दुरी पार गरेकी थिइन् । गुरुङ भानु माध्यमिक विद्धालय दुम्सीमा कक्षा ९ मा अध्ययनरत छिन् ।
म्याराथनको पहिलो, दोस्रो, तेस्रो र सान्त्वनास्थान हाँसिल गर्नेहरुले क्रमशः नगद ४१ हजार ७८, ३१ हजार ७८, २१ हजार ७८ र ११ हजार ७८ रुपैयाँ प्राप्त गरेका छ्न् ।

प्रतिक्रिया दिनुहोस्