नारी दिवसमा महिला बक्सिङ (फोटो फिचर)



काठमाडौं । अन्तर्राष्‍ट्रिय ‘११२ औँ नारी दिवस’ को अवसरमा ठमेलस्थित एलओडी क्लबमा ‘महिला बक्सिङ’ आयोजना भएको छ। एलओडी क्लब, बक्समान्डु जीम र कान्तिपुर टेलिभिजनको संयुक्त आयोजनामा मंगलबार एलओडीमा बक्सिङ खेल भएको हो। ४९ केजी देखि ६० केजी समूहका महिला खेलाडीहरू सहभागी हुने भएका हुन्।

प्रतिष्‍ठा अर्याल, माया गुरुङ, सुस्मा तामाङ, माला राई, अस्मिता दुवा, ललिता महर्जन, मिनु गुरुङ, निशा तामाङ, हेमा राई, सुस्मिता राई, डेचेन पाङकर्मा शेर्पा, नरीका राई, संगीता सुनुवार र पुनम रावल बक्सिङमा सहभागी छन्।

नारी सशक्तिकरणका लागि महिलाहरू पनि सक्षम रहेको सन्देश दिन बक्सिङ आयोजना गरिएको एलओडीका निर्देशक भुपेन शमशेर कुँवेरले बताए। महिलाले सामाजिक वा कानूनीरुपबाट भोग्नु परेको भेदभाव हटाउन यस्ता कार्यक्रमले थप बल पुग्ने उनले विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया दिनुहोस्