सबै क्षेत्रका मानिसको प्रतिनिधित्व हुँदा सही आर्थिक नीति बनाउन सहज हुन्छ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको केन्द्रीय समितिमा सबै क्षेत्रको मानिसहरुको प्रतिनिधित्व हुँदा आर्थिक नीति बनाउन सहज हुने बताएका छन् । उनले बुधबार नेपाल उद्योग व्यवसायी महासंघको केन्द्रीय तदर्थ समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीको पछिल्लो बैठकले विधानमा केही संशोधन गरेको र उद्योगी व्यवसायीहरुको प्रतिनिधित्वका लागि कोसिस गर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय समितिमा उद्योगी व्यवसायी, डाक्टर, इन्जिनियर लगायतको समुचित प्रतिनिधित्व भयो भने सही आर्थिक नीति बनाउन सहज हुने भन्दै प्रचण्डले पार्टीको केन्द्रमा प्रतिनिधित्व गराउन कोसिस भइरहेको बताए । उद्योगी व्यवसायीलाई केन्द्रीय समितिमा प्रतिनिधित्व नगराउनु आफूहरुको कमजोरी भएको स्वीकार गर्दै उनले भने, ‘तपाईहरुले पनि कम दुःख दिनु भएको छैन। हामी सबै उस्तैउस्तै छौं। अब तपाईहरुले पनि आपसमा एकीकृत हुने, अस्वस्थ प्रतिस्पर्धाबाट उन्मुक्तितिर लैजाने, गुटबन्दीलाई परास्त गर्न भूमिका बढेर आउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्