ओलीसँगको भेटपछि करिश्माले भनिन् : ‘छिट्टै एमालेमा प्रवेश गर्छु’



काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने बताएकी छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि उनले यस्तो बताएकी हुन् । अभिनेत्री मानन्धर बिहीबार ओलीलाई भेट्न एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बालकोट पुगेकी थिइन् । एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको उनले बताएकी छन् । भेटमा एमालेमा प्रवेश गर्नेबारे छलफल भएपनि निर्णय भने लिइ नसकेको उनले स्पष्ट पारिन् ।

प्रतिक्रिया दिनुहोस्