मेरिङ्देन अध्यक्ष भलिबल प्रतियोगितको उपाधि सान्थाक्रालाई



ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका अध्यक्ष रनिङ कपको उपाधि सान्थाक्रा समूहले हात पार्न सफल भएको छ। मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राले ३–० को सोझो सेटमा लिङ्तेपलाई पराजित गर्दै भलिबल उपाधि जितेको हो।

मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राले ३–० को सोझो सेटमा लिङ्तेपलाई पराजित गर्दै भलिबल उपाधि जितेको हो। फुटबलतर्फ लिङ्तेपले सान्थाक्रालाई ट्राइबेकरमा ४–३ गोलअन्तरले हराउँदै उपाधि जितेको छ। यस्तै मेरिङ्देन गाउँपालिका–६ नाल्बुलाई १–० गोलअन्तरले पराजित गर्दैै महिला फुटबलतर्फको उपाधि सान्थाक्राले जितेको छ।

भलिबल, पुरुष तथा महिला फुटबलका उपाधि बिजेताले समान ४५ हजार रुपियाँ नगद पुरस्कार पाएका छन् भने उपविजेताले पनि समान ३५ हजार रुपियाँ नगद पाएका छन्। विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पनि प्रदान गरिएको छ।

त्यस्तै ब्याडमिन्टन सिनियरतर्फ ज्ञानु तेम्बे र उदय यादवको जोडी प्रथम भएको छ। विकास मोक्तान र रमेश चोङ्बाङको जोडी द्वितीय बनेको छ। प्रथम र द्वितीय बनेका ब्याडमिन्टन खेलाडीलाई क्रमशः १० हजार र ५ हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गएको बुधबारदेखि सुरु भएको वडास्तरीय मेरिङ्देख गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन प्रदेश १ का उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा ६ वटै वडाले सहभागिता जनाएका गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्