कोभिड बढेपछि चीनको अर्को सहरमा पनि लकडाउन



एजेन्सी । कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ। शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ। सो अवधिसम्म सार्वजनिक सवारी साधनहरू पनि नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो। पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ। ‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने। चीनभर आक्रमणमा वृद्धिले अधिकारीहरूलाई सांघाईमा विद्यालय  र उत्तरपूर्वी शहरहरू बन्द गर्न बाध्य बनाएको छ।

चीनका १८ ओटा प्रात ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेको छ। चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो। त्यसयता सरकारले शून्य–कोभिड नीति अंगीकार गर्दै आएको छ । यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्