एमसीसी देश र जनताको हितमा छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधान न्यायाधीशमाथि महाअभियोग लगाउनु परेको बताएका छन् । जसले न्यायालयको नेतृत्व गरेको छ उसको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत् सुधारको प्रयास थालेको बताएका हुन् ।

आज राजधानीको मीनभवनमा आयोजित नेपाली कांग्रेसको एक महिने घरघर जाउ कांग्रेस जिताउ अभियान अन्तरगत आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् ।

सो अवसरमा बोल्दै कांग्रेस कार्यकर्ताले जनताको घरघरमा पुगेर महाअभियोगका विषयमा फैलाएका अनावश्यक भ्रमबारे बुझाउन र कांग्रेसलाई नागरिका  कस्ता सुझाव छन बुझेर पार्टीमा जानकारी गराउन समेत आग्रह गरेका छन् ।

अहिलेको गठबन्धन कांग्रेसको रहर नभई परिस्थिति जन्य बाध्यता भएको भन्दै तत्कालीन सरकारले गरेको असंवैधानिक कामलाई रोक्न र संविधानलाई ट्रयाकमा ल्याउन गठबन्धन बनेको समेत बताएका छन् ।

सरकार निर्माणका लागि गठबन्धन बनेको भन्दै चुनावसम्मै गठबन्धन गरेर जानू पर्छ भन्ने बिषय उठे पनि पाटी भित्र यस विषयमा फरक फरक मत रहेको भन्दै पार्टी एकमहिने कार्यक्रम लिएर जनताको माझमा गएकाले यो एक महिने अभियानबाट जनता रकार्यकर्ताले जे सुझाव दिन्छन् सोही आधारमा पार्टी केन्द्रीय समित बैठक बसेर आवश्यक निर्णय लिने बताएका छन् ।

कार्यकर्ता र जन चाहाना अनुसारको निर्णय पाटीले गर्ने भएकाले घर घर पुगेर व्यक्ति व्यक्तिलाई भेटेर कांग्रेसका पक्षमा चुनावी माहोल सृजना गर्न समेत कार्यकर्तालाई आग्रह गरेका छन् । अवसर पाएर पनि काम गर्न नसक्नेहरूलाई मत दिंदा मुलुक र जनताले दुख पाएको कुराले अब जस्तो सुकै सङ्कटमा पनि मुलुकलाई निकास र विकास दिने पाटी कांग्रेस भएको घटनाक्रमले पुष्टि गरिसकेको समेत नेता सिहले बताएका छन् ।

एमसीसीका बिषया सरकारमा हुदा राष्ट्र हित र सरकार बाहिर हुदा राष्ट्र घात देख्ने दलहरूका कारण जनतामा अनावश्यक भ्रम सृजना गर्ने काम भएको भन्दै एमसीसीमा कुनै रास्ट घात नभएको देश र जनताको हितमा रहेको समेत बताएका छन् ।  नेता सिंहले कांग्रेस देश जनताको हित सोच्ने पाटी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत अपिल गरका छन् ।

प्रतिक्रिया दिनुहोस्