इन्डोनेसियामा भूकम्पको शक्तिशाली धक्का



एजेन्सी । इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ। तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु पारेर ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ २१ किलोमिटर रहेको छ। भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए।

‘भूकम्प एक मिनेटसम्म महसुस गरिएको थियो । मानिसहर त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ । भूकम्पपछि निरन्तर परकम्पहरू गइरहेको प्राप्त विवरणहरूमा जनाइएको छ। भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ। 

प्रतिक्रिया दिनुहोस्