ग्रीन भेन्चर्सको आईपीओ आउँदै



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ। कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० को बिक्री खुला गर्न लागेको हो।

निष्कासन गरिने कुल सेयरमध्ये ९३ हजार ७५० कित्ता सेयर कर्मचारीका लागि तथा १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ। बाँकी २८ लाख ७५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। कम्पनीको सेयर निष्कासन बन्द छिटोमा चैत ११ गते हुनेछ भने ढिलोमा चैत २२ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै मेरो सेयरको एप तथा वेबसाइटमार्फत पनि आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्