इन्जिनियर्स एसोसियन गण्डकीमा कांग्रेस निकट बृजेन्द्र निर्वाचित



पोखरा । नेपाल इन्जियनियर्स एसोसियसन गण्डकीको अध्यक्षमा लोकतान्त्रिक समूहका बृजेन्द्र केसी निर्वाचित भएका छन् । उनले एमाले निकट प्रोग्रेसिभ समूहका उम्मेदवार ध्रुव भट्टराईलाई एक सय २६ मतान्तरले पराजित गरेका हुन् । केसीले पाँच सय २६ मत ल्याए भने भट्टराईले चार सय मात्रै पाए । एक हजार दुई सय २६ मत खसेको थियो ।

केन्द्रीय सदस्यमा पनि केसीकै प्यानलका रवीन्द्रलाल मुल निर्वाचित भएका छन् । सोही प्यानलबाट उपाध्यक्षमा सन्तोष जिसी, सचिवमा अन्जन जंग थापा, सहसचिवमा सुवर्ण श्रेष्ठ र कोषाध्यक्षमा खेमराज तिमिल्सिना निर्वाचित भए । सदस्यहरूमा सन्तोष काफ्ले, राजीव सुवेदी, विश्वास आचार्य, हेम गुरुङ, रवीन्द्र पौडेल, यामकृष्ण पौडेल छन् । यस्तै, प्रगतिशली समूहबाट अस्मिता खनाल, सागर बस्याल, विकास सुवेदी र युदीप सुवेदी क्षेत्री सदस्यमा निर्वाचित भए ।

गण्डकीमा कांग्रेस निकट समूह र एमाले निकट समूह एक्लाएक्लै चुनावी प्रतिश्पर्धामा थियो भने माओवादी र समाजवादी निकटका इन्जिनियरहरुको गठबन्धन बनेको थियो । गठबन्धनबाट कोही उम्मेदवार पनि विजयी भएनन् ।

प्रतिक्रिया दिनुहोस्