स्थानीय तहको निर्वाचनलाई निष्पक्ष बनाउनुपर्छ : सिटौला



झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने, “आचारसंहिताको पूर्णपालना गर्र्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र परदर्शी बनाउन आग्रह गर्छु ।”

दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे । “जीतहार एउटा पाटो हो,” उनले भने, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ ।”

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए । डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्