कार्यकर्तालाई चुनावी अभियानमा लाग्न अध्यक्ष यादवको निर्देशन



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सोमबार बसेको पार्टीका नेता तथा कार्यकर्ताहरुलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूणर् भूमिका खेल्न अध्यक्ष यादवले निर्देशन दिएका हुन् । प्रत्येक केन्द्रीय सदस्यहरुलाई आफ्नो कार्य क्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने यादवले बताए । उनले गाउँ, नगर, वडा लगायत पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।

अध्यक्ष यादवले भने, ’यसरी गयौँ भने प्रत्येक पालिकामा हामी प्रभावकारी हुन्छौं । आफूले जिम्मा लिएको पालिकालाई जिताउन भरपुर प्रयास गरौं ।’

प्रतिक्रिया दिनुहोस्