टुसालले खुमलटारमाथि ३–० को जित निकाल्यो



काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा टुसाल युथ क्लबले खुमलटार युथ क्लबमाथि फराकिलो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा टुसालले खुमलटारमाथि ३–० को जित निकालेको हो ।
३५औं मिनेटमा टुसालले अग्रता बनाएको थियोे । खुमलटारका रमेश थापाबाट आत्मघाती गोल उपहार पाएपछि टुसालले अग्रता लिएको हो ।
८३औं मिनेटमा गोल गर्दै टुसालले अग्रता दोब्बर पा¥यो। उसका लागि दीपकुमार लामाले गोल गरे । यस्तै, खेलको निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा दीपशृजन कार्कीले तेस्रो गोल गर्दै टुसाललाई ३–० को सहज जित दिलाए ।
यसअघि सोमबार भएको पहिलो खेलमा झम्सिखेल युथ क्लब र नयाँबस्ती युथ क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सोमबार भएको खेलको १४ औं मिनेटमा सुमन योङ्ग्याले गोल गर्दै नयाँ बस्तीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, १८औं मिनेटमा झम्सीखेलका संजय रम्तेलले गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।
टुसालले लिगमा ५ खेलबाट ६ अंक जोडेको छ । यस्तै, समान खेलबाट खुमलटारले पनि ६ अंक जोडेको छ ।
बराबरीसँगै नयाँ बस्तीले ५ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथों स्थानमा यथावत् रहेको छ । यता, झम्सीखेलले ५ खेलबाट ६ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्