दोस्रो टेस्टमा श्रीलंकाविरुद्ध भारतको क्लिन स्वीप



काठमाडौं । बैंग्लुरुमा खेलिएको दोस्रो टेस्टमा भारतले श्रीलंकालाई २ सय ३८ रनले हराउँदै दुई खेलको शृङ्खला क्लिन स्वीप गरेको छ । भारतले प्रस्तुत गरेको ४ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका मात्र २०८ रनमा समेटियो ।
श्रीलंकालाई सस्तोमा समेट्न भारतका लागि रवीचन्द्र अश्विनले ४ तथा जसप्रीत बुमराहले ३ विकेट लिए ।
त्यस्तै, अक्षर पटेलले दुई विकेट लिँदा रवीन्द्र जडेजाले एक विकेट पाए । खेलमा बुमराहले ८ विकेट लिन सफल रहे । श्रीलंकाको दोस्रो पारीमा कप्तान दिमुथ करुणारत्नेले सर्वाधिक १०७ रन बनाए । ७ जना ब्याटस्म्यानले दोहोरो अंकमा रन पनि बनाउन सकेनन् । उता भारतको दुवै पारीमा अर्धशतक बनाएका श्रेयस अय्यर प्लेयर अफ द म्याच घोषित भए । म्यान अफ द सिरिज ऋषभ पन्त चुनिए ।
घरेलु मैदानमा भारतको यो लगातार १५ औँ टेस्ट शृङ्खलामा जीत थियो । भारतले पछिल्लो पटक सन् २०१२ मा घरेलु सिरिज हारेको थियो । त्यतिबेला इंग्ल्याण्डले भारतलाई हराएको थियो । त्यस्तै, श्रीलंकाविरुद्ध भारतले तेस्रो पटक शृङ्खला क्लिन स्वीप गरेको हो ।

प्रतिक्रिया दिनुहोस्