बेन्जेमा र भिनिसिअसको गोलमा रियलको जित



काठमाडौं । करिम बेन्जेमाको दुई तथा भिनिसिअस जुनिअरको एक गोलकाे सहयाेगमा रियल मड्रिडले सोमबार राति स्पेनिस ला लिगामा मालोर्कालाई ३-० अन्तरले पराजित गरेको छ । जितसँगै रियलले शीर्ष स्थानमा १० अङ्कको अग्रता बनाएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा रियलले तीन गोल नै दोस्रो हाफमा गरेको थियो । जितसँगै रियलले २८ खेलबाट ६६ अङ्क जोडेको छ । दोस्रो स्थानको सेभियाको समान खेलबाट ५६ अङ्क छ । पराजित मालोर्का २६ अङ्क सहित १६ औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्