म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेल्न बाध्य भएको छ । अङ्क बाँडेसँगै सिटीले दोस्रो स्थानको लिभरपुलसँग दूरी बढाउने अवसर गुमाएको छ।

प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनि फिनिसिङमा चुक्न पुग्यो। बराबरीपछि सिटीको २९ खेलबाट ७० अङ्क बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अङ्क सहित ११औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्