यु–१८ महिला साफ : नेपाल भारतको सामना गर्दै



काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्ने भएको छ। महिला च्याम्पियनसिपको उद्घाटन खेलमा यी दुई टोली भिड्न लागेका हुन् । भारतको जमसेदपुरमा हुने नेपाल र भारतबीचको पहिलो खेल आज साँझ सवा सात बजेबाट सुरु हुनेछ ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ। नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ। मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ। शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगितामा नेपाल र भारतलाई उपाधि दाबेदारका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्