‘बी’ डिभिजन लिगः मध्यपुरमाथि सरस्वतीको तेस्रो जित



काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले तेस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मंगलबार भएको खेलमा मध्यपुर युथ एसोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित निकालेको हो ।
खेलको ४५औं मिनेटमा गोल गर्दै सनम धिमालले सरस्वतीलाई सुरुवाति अग्रता दिलाए ।
५१औं मिनेटमा मध्यपुरका सजिन थापा मगरले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । तर, दोस्रो हाफको इन्जुरी टाइममा कुमार डोंगले गोल गर्दै सरस्वतीलाई जित दिलाए ।
जितसँगै ५ खेलबाट ११ अंक जोडेको सरस्वती लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चर्च ब्वाईज र श्री भगवती क्लबले समान १० अंक जोडेपनि दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्