मेयर कप फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न



ललितपुर । दोस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फूल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा आयोजित प्रतियोगितामा पुरुष खुला तौल समूहतर्फ रूपक नेपाली प्रथम र शनी सिंह दोस्रो भए ।
पुरुष ५५ केजी तौल समूहमा ओम तामाङ प्रथम र रोशन गोतामे द्वितीय तथा पुरुष ६० केजी तौल समूहमा हितेश राना मगर प्रथम र सञ्जयकुमार गुप्ता द्वितीय भए । यसैगरी महिलातर्फ ५० केजी तौल समूहमा शान्ति थापा मगर प्रथम र एकता कुमाल द्वितीय, महिला ५५ केजी तौल समूहमा रोहिणी कस्ती प्रथम र वन्दना तामाङ द्वितीय तथा खुलातर्फ मञ्जु विक प्रथम र सुस्मिता सुनुवार द्वितीय भए ।
प्रतियोगितामा प्रथम हुनेले १५ हजार, शिल्ड र प्रमाणपत्र तथा दोस्रो र तेस्रो हुनेले क्रमशः १० र ५ हजार नगद प्राप्त गरे । ललितपुरको मंगलबजारस्थित हखामा फागुन २७ र २८ गते दुई दिनसम्म चलेको प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट २ सय खेलाडीको सहभागिता थियो ।
प्रतियोगिताको समापनपश्चात पहिलोपटक गोलाप्रथाबाट स्वर्गीय रामजीप्रसाद बज्राचार्य स्मृति पुरस्कार समेत प्रदान गरियो । प्रथम हुने महिला तथा पुरुषतर्फका ६ जनाबीच गोलाप्रथा गर्दा आर्मीकी शान्ति थापा मगरले ५० हजार राशिको उक्त पुरस्कार प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्