दाङमा जिप दुर्घटना, चालकको ज्यान गयो



दाङ : श्रीगाउँमा शनिबार बिहान पौने ९ बजे भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ। पश्चिम दाङको दंगीशरण गाउँपालिका ७ रचपलका २९ बर्से चालक डिल्लीबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ४३६ नम्वरको जिप दंगीशरण ७ श्रीगाउँमा सडकमै पल्टिएको थियो। 

घाइते चालक वलीलाई राप्ती प्रादेशिक अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिपमा ४ जना रहेकाे खुल्न आएको छ। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस्