पपुवा न्यु गिनीले दियो नेपाललाई २ सय ५ रनको लक्ष्य



काठमाडौँ । आईसीसी विश्वकप लिग-२ क्रिकेटमा पपुवा न्यु गिनीले खेल जित्न नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । पपुवा न्यु गिनीले बुधबार शारजहाँ क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै आठ विकेट गुमाउँदै २०४ बनाएको छ ।
चार्ल्स अमिनीले अर्धशतक बनाउँदै पपुवा न्यु गिनीलाई योग्य स्कोरमा पु¥याए ।
सन्दीपसँगै ज्ञानेन्द्र मल्लले नेपालले खेलेको सबै १७ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेल्दै आएका छन् । तर ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा यसअघि कहिल्यै बलिङ गरेका थिएनन् । अप्रत्यासित रुपमा बलिङमा ल्याइएका ज्ञानेन्द्रले आफ्नो अफ स्पिन बलिङबाट नेपाललाई महत्वपूर्ण सफलता दिलाए ।
सन्दीपको कप्तानीमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा खेल्न लागेको पहिलो पटक खेलेको हो । सन्दीपको कप्तानीमा नेपालले पहिलो पटक गत महिना ओमानमा ट्वान्टी–२० विश्वकप छनोटमा खेलेको थियो र यूएई भ्रमणबाट त्यसले एकदिवसीय अन्तर्राष्ट्रियमा पनि निरन्तरता पाइरहेको हो ।
नेपालबाट सागर ढकालले एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरे । उनले ४ ओभरमा २१ रन खर्चेर कुनै विकेट लिन सकेनन् । गत महिना उनले ओमान भ्रमणबाट ट्वान्टी–२० अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका थिए । सोमपालले १० ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १ विकेट लिनेक्रममा १० ओभरमा ३० रन खर्चे । करण केसीले ८ ओभरमा ५६ रन खर्चेर कुनै विकेट लिन सकेनन् ।

कोभिड–१९ महामारीका कारण प्रभावित बनेको लिग २ को तालिकामा नेपालले २०२० को फेब्रुअरीपछि २०२१ को सेप्टेम्बरमा अर्को शृंखला खेलेको थियो । २०२० मा काठमाडौंमा अमेरिका र ओमानलाई नेपालले निमत्याएको थियो । कीर्तिपुरमा नेपालले अमेरिकासँगको दुबै खेल जितेको थियो भने ओमानसँगको दुबै खेल हारेको थियो ।
२०२१ मा ओमान भ्रमणमा नेपालले ओमान र अमेरिकासँगको १–१ खेलमा विजय हात पारेको थियो भने अर्को १–१ खेलमा हार बेहोरेको थियो ।
पपूवा न्यु गिनी लिग २ को पुछारको टोली हो । टोलीले खेलेका सबै १३ खेलमा पराजय भोगेको छ । नेपालले ८ मध्येको चार खेलमा जित र ४ खेलमा हार बेहोरी ७ राष्ट्रसम्मिलित लिग २ को अंक तालिकामा पीएनजीभन्दा माथि मात्र रहेको छ ।
पपुवा न्यु गिनी अघिल्लो दिन यसै शृंखलामा घरेलु टोली यूएईसँग ७ विकेटले पराजित भएको थियो । नेपालले शुक्रबार र सोमबार यूएईसँग दुई खेल खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्