जुम्लाका २२ विद्यालयमा अनिश्चितकालीन तालाबन्दी 



सिञ्जा : जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । 

गाउँपालिकाका २२ वटै प्राथमिक,माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताउनुभयो ।

ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गतेका दिन चार दिनको अल्टिमेटम दिँदासमेत अटेर गरेपछि आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गर्न बाध्य भएको शान्तिजन आधारभूत विद्यालय काडागाउँका शिक्षक घनश्याम बुढाले बताउनुभयो । विद्यालय बन्द हुँदा पठनपाठनबाट विद्यार्थी वञ्चित भएका छन् । यता सिञ्जा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले निजी शिक्षकको तलबसम्बन्धी विवाद गाउँपालिकासँग सरोकार नभएको बताउनुभयो ।

विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुने भएकाले विद्यालय बन्द नगर्न उहाँले आग्रह गर्नुभयो । सम्बन्धित विद्यालयका व्यवस्थापन समितिसँग छलफल गरी समस्या हल गर्नुपर्ने रावलको भनाइ छ । यता आन्दोलनमा उत्रेका निजी शिक्षकले भने तलब उपलब्ध नभएसम्म विद्यालयको ताला नखोलिने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पोखरा : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला फुटबलमा माल्दिभ्सलाई पराजित गर्दैं

पाटन : काठमाडौं उपत्यकाभएर बग्ने बागमती नदीको सबैभन्दा डरलाग्दो गरी बालुवा उत्खनन् ललितुरमा हुने गरेको

काठमाडौं : तेस्रो मुलुक जानका लागि सजिलो हुने र उडान भाडादर पनि कम हुने भएकाले

कास्की: कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जारी क्रिकेटमा नेपालद्वारा भुटान १

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गतको जारी क्रिकेटमा नेपालले भुटानलाई २

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालले इतिहास रचेको छ । यही

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित झण्डै तीन दर्जन राजदूतहरुलाई भेला गराएर

काठमाडौं : शैक्षिक क्षेत्रमा सुधार र जनसेवाका लागि विद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले

काठमाडौं : महानगरीय ट्राफिक महासाखाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई मध्यनजर गर्दै आगामी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बुधबार बसेको सचिवालय बैठक सकिएको छ ।

काठमाडौं : राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रमाण जुटाइरहेको अनुसन्धान समितिले उनलाई