अब मधेसले समाजवादी क्रान्तिको अगुवाई गर्छ : प्रचण्ड



जनकपुरधाम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनुअघि काठमाडौंका शासकले मधेसका जनतालाई दोस्रो दर्जाका नागरिकका रुपमा हेर्ने गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध र जनआन्दोलनबाट विभेदको रेखा कोर्ने राजामहाराजालाई परास्त गरिएको बताए ।

प्रतिगमनविरुद्धको संघर्षमा मधेसले अगुवा भूमिका खेलेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरुले प्रतिगमनका विरुद्ध जिल्ला सदरमुकाम र गाउँगाउँमा गरेका पहलकदमीमात्र होइन, मधेसबाट काठमाडौंका सडकमा गएर देशभरि सन्देश दिने भूमिका निर्वाह गरेकोमा तपाईहरु सबै धन्यवादका पात्र हुनुहुन्छ ।’ उनले पछिल्लो समय नेकपा माओवादी केन्द्र रुपान्तरण र क्रान्तिकारी विचार विकासको चरणमा प्रवेश गरेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्