शाहिदको ‘कबीर सिंह’ ले कति कमायो ?



काठमाडौं : बक्स अफिसमा फिल्म ‘कबीर सिंह’ को कमाइले ओरालो लाग्ने छाँट ल्याएको छैन। यो फिल्म दोस्रो हप्तामा पनि गज्जबका साथ चलिरहेको छ। खासगरी फिल्ममा शाहिद कपूरको अभिनयलाई धेरैले मन पराएका छन्।

दोस्रो हप्तामा फिल्मले शुक्रवार १२ करोड २१ लाख, शनिवार १७ करोड १० लाख र आइतवार १७ करोड ८४ लाख कमाइ गरेको छ। यो फिल्मले पहिलो हप्ता मात्र १३४ करोड भारु कलेक्सन गरेको थियो।

फिल्मले १० दिनमा १८१ करोड ५७ लाख भारु कमाइ गरेको छ। अब फिल्मले सहजै २ सय करोड कमाउने अनुमान गरिएको छ।

फिल्ममा शाहिद कपूरले एक प्रेमीको भूमिका निभाएका छन्। कबीर सिंह तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ को आधिकारिक रिमेक भर्सन हो। यो फिल्म शाहिद कपूरका फिल्ममध्ये १ सय करोड कमाउने पहिलो फिल्म बनेको छ।

प्रतिक्रिया दिनुहोस्