बलिउडकी हट बेबाे ‘अङ्ग्रेजी मिडियम’मा पुलिसको भूमिकामा



काठमाडौं :  बलिउड अभिनेत्री करिना कपुर पुनः बलिउड क्षेत्रमा फर्किने भएकी छिन् । सैफअली खानसँग विवाह गरेपछि चलचित्र क्षेत्रबाट टाढा भएकी करिना कपुर इरफा खानको चलचित्र ‘अंग्रेजी मिडियम’बाट बलिउडमा फर्किन लागेकी हुन् । 

उक्त फिल्ममा करिनाले महिला प्रहरी अधिकृतको भूमिका निर्वाह गर्ने छिन् । करिनाले पहिलो पटक इरफान खानसँग अभिनय गरेकी हुन् । यतिबेला धमाधम फिल्मको छायांकन भइरहेको छ । फिल्मको छायांकनका लागि करिना अहिले लण्डनमा छिन् । हालै मात्र उक्त फिल्मको यूनिटबाट करिनाको फस्ट लूक सार्वजनिक भएको छ ।

छायांकन सेटको उक्त तस्बिर करिनाकी मेनेजर पूनम दमानियाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन् । तस्बिरमा करिना ब्राउट टप्स तथा डेनिम जिन्समा देखिएकी छिन् । सन् २०१६ मा प्रदर्शन भएको ‘हिन्दी मिडियम’ लाई दर्शकले निकै रुचाएका थिए । उक्त फिल्मको सिक्वेलमा पुनः एक पटक इरफान खान मुख्य भूमिकामा देखिने छन् । पछिल्लो लामो समयदेखि अस्वस्थ रहेका इरफान आफ्नो सफल उपचारपछि भारत फर्किएका छन् ।

फिल्ममा इरफान र करिनाका अतिरिक्त राधिका मदान पनि महत्वपूर्ण भूमिकामा देखिने छन् । इरफानसँग काम गर्न पाएकोमा आफू निकै खुशी भएको बताइन् । हालै एउटा अन्तर्वार्तामा उनले भनिन्, ‘यो फिल्मका लागि निकै एक्साइटेड छु । मैले सबै खान (शाहरुख, आमिर, सलमान, सेफ)सँग काम गरिसकेकी छु, तर मेरो लागि इरफान खानसँग काम गर्न सम्मानको कुरा हो ।’

यो फिल्मको छायांकन गत अप्रिलमा  भारतको उदयरपुरबाट प्रारम्भ भएको थियो । मुम्बईको सेड्यूल सम्पन्न भएपछि यो फिल्म छायांकनको क्रममा लण्डन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्