हलिउडमा देखिदै क्याटरिना !



काठमाडौं : अभिनेत्री क्याटरिना कैफबलिउडमा उत्कृष्ट अभिनेत्रीको सूचीमा आउँछिन् । बलिउडमा आफ्नो राम्रो छाप बनाएकी क्याटरिनाले हालै आएर हलिउडमा पनि अभिनय गर्न चाहेको बताइन् । भारतीय सञ्चारमाध्यमका अनुसार क्याटरिनाले एक फिल्मको स्किृप्ट पढिसकेपछि हलिउड फिल्ममा काम गर्ने फैसला गरेकी हुन् ।

भारतीय स्रोतका अनुसार क्याटरिनालाई सो फिल्मको स्किृप्ट एकदमै मन परेको बताएका छन् । केही दिनपहिले क्याटरिनाले आफ्नो अमेरिका ट्रिपका बेला फक्स स्टुडियोका मालिकसँग पनि भेटेकी थिइन् ।

सञ्चारमाध्यमका अनुसा उनले उनले ‘एभेन्जर्स’ स्टार जर्मी रेनरसँग फिल्ममा काम गर्न सक्नेछिन् । क्याटरीना पछिल्लो समय फिल्म ‘भारत’ मा सलमान खानका साथ देखिएकी थिइन् । यो फिल्मले दर्शकको मिश्रित प्रतिक्रिया पाएको थियो । अब उनलाई रोहित सेट्टीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सूर्यवंशी’ मा अक्षय कुमारका साथ देख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्