अस्ट्रेलियालाई हराएको जापान र साउदी विश्वकपमा छनोट



काठमाडौं । २ एसियन टोली जापान र साउदी अरेबियाले विश्वकपमा आफ्नो स्थान पक्का गरेका छन्। विश्वकपको एसियन छनोटअन्तर्गत बिहीबार भएको अन्तिम चरणको खेलमा जापानले अस्ट्रेलियालाई २–० ले पराजित गरेसँगै समूह ए मा २१ अंक जोडेको जापानले विश्वकपको टिकट काटेको हो।

अस्ट्रेलिया पराजित भएसँगै समूह ए मा १९ अंक जोडेर दोस्रो स्थानमा रहेको साउदीले पनि विश्वकपमा आफ्नो स्थान पक्का गर्‍यो। अस्ट्रेलिया भने अब विश्वकपमा स्थान बनाउन दक्षिण अमेरिकी छनोटको पाँचौं स्थानमा रहने टोलीसँग प्लेअफ खेल्नेछ। बिहीबार जापानलाई घरेलु टोलीविरुद्ध जित दिलाउन दुवै गोल काउरु मितोमाले गरे।

मितोमाले खेल सकिन एक मिनेट बाँकी रहँदा जापानलाई अग्रता दिलाएका थिए। यस्तै, इन्जुरी समयमा मितोमाले नै गोल गर्दै जापानलाई कतार विश्वकपसम्म दोहोर्‍याए। जापानले लगातार सातौँ पटक विश्वकप खेल्ने भएको हो।

प्रतिक्रिया दिनुहोस्