रुसलाई सहयोग नगर्न चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी



काठमाडौं। रुसले रासायनिक हतियार प्रयोग गरे नाटोले जवाफ दिनुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्।

उनले रुसले युक्रेनमा जे गरिरहेको छ त्यसको समीक्षा हुने र आफूहरुले थप उपयुक्त कदम चाल्ने समेत बताएका हुन्। उनले रुसलाई कुनै पनि सहयोग नगर्न समेत चीनलाई चेतावनी दिएका छन्। उनले बेल्जियमको ब्रसेल्समा भेला भएका ७ विकसित राष्ट्रहरुले रुसले युक्रेनमाथि गरेको हमलाको संयुक्त भत्सना गर्दै इन्टरन्याशनल क्रिमिनल कोर्टलाई रुसी राष्ट्रपतिबाट भएको युद्ध अपराधको छानविन गर्न भनेका छन् ।

रुसले युक्रेनमा आक्रमण गरेको एक महिना पुगेकै दिन बिहिबार ब्रसेल्समा भेला भएका जीे सेभेन तथा नाटो गठबन्धनमा आवद्ध राष्ट्रका नेताहरुले संयुक्त रुपमा रुसको भत्सना गर्दै आइसीसीलाई युद्ध अपराधनमा छानविन अघि बढाउन भनेका हुन।

अमेरिकी राष्ट्रपति जो बाइडेन, युरोपियन युनियनका अध्यक्ष, उर्सुला भोनडर लेयेन, जापानका प्रधानमन्त्री फुमियो किसिदा, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, जर्मन चान्सलर ओलफ सोल्ज, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, इटलीका प्रधानमन्त्री मारियो ड्रागी र नाटो महासचिव जेन्स स्टोलटेन्बर्ग युक्रेन संकटमाथि छलफल गर्न ब्रसेल्समा भेला भएका हुन ।

प्रतिक्रिया दिनुहोस्