प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको घोषणा



काठमाडौं । उत्तर कोरियाले सबै भन्दा ठूलो प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको घोषणा गरेको छ ।

प्रतिघण्टा ११ सय किलोमिटरका दरले ६ सय ८४ माइलसम्म मार हान्न सक्ने क्षमता राखेको यो मिसाइल एक घण्टा बढी उडान भरेपछि जापानको समुद्रमा खसेको जापानी अधिकारीहरुले जनाएका छन् । सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ ।

यो मिसाइल हजारौं किलोमिटर यात्रा गर्ने र सैद्धान्तिक रुपमा अमेरिकासम्म पुग्न सक्ने क्षमताको रहेको बताइएको छ । यसअघि उत्तर कोरियाले केही क्षेप्यास्त्र परीक्षण गरेको थियो । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण गर्न प्रतिबन्ध लगाएको अवस्थामा उत्तर कोरियाले लगातार प्रतिबन्धित मिसाइल परिक्षण गरेको हो ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच लामो दुरीको ब्यालेस्टिक मिसाइल र आणविक परीक्षण नगर्ने सहमति भएको थियो ।

सो सहमति तोड्दै उत्तर कोरियाले पटक-पटक मिसाइल परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्