नेकपा एसको विस्तार देखेर विपक्षीहरू आत्तिए : माधवकुमार नेपाल



काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार भएको देखेर विपक्षीहरू आत्तिएको बताएका छन् । शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विपक्षीहरू आत्तिएर मानसिक सन्तुलनसमेत गुमाउन थालेको टिप्पणी गरेका हुन् ।

“हाम्रो पार्टीको विस्तार देखेर वैरीहरु आत्तिएका छन् । आत्तिएर उनीहरूले मानसिक सन्तुलन गुमाउन थालेका छन् । जब मान्छेको मानसिक सन्तुलन गुम्छ,” नेपालले भने, “त्यसपछि ऊ बरबराउन थाल्छ। बरबराउने बेलामा के बोले होस् हुँदैन । यसबाट आत्तिनु पर्ने छैन ।” अध्यक्ष नेपालले एमाले परित्याग गर्ने लहर चलेको र आफ्नो पार्टीमा प्रवेश गर्ने ‘महाभियान’ चलेको समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्