‘सार्क फिल्म फेस्टिभल’मा स्वस्तिमा



काठमाडौं : श्रीलङ्काको कोलोम्बोमा मंगलबारदेखि शुरु ‘सार्क फिल्म फेस्टिभल २०१९’मा नेपाली चलचित्र ‘बुलबुल’ प्रदर्शन गरिएको छ। फेस्टिभलको पहिलो दिन ‘बुलबुल’ स्किृनिङ गरिएको हो। उक्त फिल्ममा शीर्ष भूमिका निभाएकी नायिका स्वस्तिमा खड्का फेस्टिभलमा सहभागिता जनाउन कोलोम्बो पुगेकी छिन्।

नायिका स्वस्तिमाले आफ्ना लागि यो फेस्टिभल नयाँ अनुभव भएको बताएको छिन्। साथै, यो फेस्टिभलबाट आफूले धेरै कुरा सिक्न पाएको उल्लेख गरेकी छिन्। सार्क फिल्म फेस्टिभलमा नायिका गरिमा पन्तले चलचित्र ‘झोला’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन्। सो समयमा उनको निकै चर्चा भएको थियो।

यो फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। फेस्टिभलमा सहभागिता जनाउन १ जुलाईमा स्वस्तिमा खड्का, दिनेश राउत लगायतको टोली श्रीलङ्का गएको थियो। ७ जुलाईसम्म चल्ने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र 'बुलबुल', 'प्रसाद' र 'हरि' प्रदर्शन हुनेछन्।

यस्तै दई लघु चलचित्र द रिमाइन्स र द मुन इज ब्राइट टुनाइटको पनि प्रदर्शन गरिनेछ। फेस्टिभलमा सार्कमा आवद्ध ८ वटा राष्ट्रका चलचित्रहरु प्रदर्शन भइरहेका छन्।

सार्क कल्चरल सेन्टरले आयोजना गर्ने फेस्टिभलको यो नवौं संस्करण हो। सन् २०११ पछि हरेक वर्ष फेस्टिभलको आयोजना गरिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्