३ सय स्थानमा सलमानले जिम सेन्टर खोल्दै, स्वस्थ भारत अभियान



काठमाडाैं : बलिउडका चर्चित नायक सलमान खान फिटनेसको मामलामा सधैं अगाडि छन्। उनको शरीर हेरेरै फ्यान हुनेहरु पनि प्रशस्त छन्। यति मात्र होइन, सलमानकै कारण बलिउडका धेरै नायक जिम धाउन थालेको बताइन्छ। सलमान दैनिक आफ्नो समय जिममा बिताइरहेका हुन्छन्। यसैले त उनी ५३ वर्षको उमेरमा पनि यस्तै फिट छन्।

‘बिइङ ह्युमन’ नामक सामाजिक संस्था खोलेर चर्चा कमाएका सलमानले अब भारतमा जिम सेन्टर पनि खोल्ने भएका छन्। सन् २०२० मा सलमानले भारतका विभिन्न ३ सय स्थानमा जिम सेन्टर  खोल्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन्। सलमानले ‘एस के–२७’ नाममा ३ सय वटा जिम सेन्टर खोल्न लागेका हुन्।

‘एस के २७’ले ट्रेनरहरुलाई जागिरसमेत उपलब्ध गराउनेछ। साथै, भारतलाई फिट राख्ने उद्देश्य यसको रहेको बताइएको छ। यो वर्षको अप्रिलमा सलमानले ‘बिइङ स्ट्रोङ्ग’ नाममा फिटनेसका सामग्री सार्वजनिक गरेका थिए। अहिले भारतका १ सय ७५ वटा जिममा सलमानको यो ब्रान्ड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्