सुष्मिताले रोहमनकाे फोटो सेयर गर्दै लेखिन्, ‘आइ लभ यू’



काठमाडाैं : बलिउड नायिका सुष्मिता सेनको लभ लाइफ निकै चर्चामा छ। उनी आफ्ना प्रेमी रोहमन शलसँग सोसल मिडियामा फोटो सेयर गरिरहन्छिन्। सुष्मिता आफ्नो सम्बन्धको विषयमा निकै ओपन छिन् र यसलाई सार्वजनिक रुपमा स्विकार पनि गर्छिन्। तर केही दिन अघि मात्रै सुष्मिताको प्रेमी रोहमनसँग ब्रेकअप भएको खबर आएको थियो।

तर अब सुष्मिताको नयाँ फोटोले यी खबरमाथि ब्रेक लगाइदिएको छ। सुष्मिताले आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गरेकी छिन् जसमा उनी आफ्ना प्रेमी रोहमनसँग देखिएकी छिन्। यो फोटो जिमको हो। यो फोटोमा सुष्मिताले रोहमनलाई आइ लभ यु पनि लेखेकी छिन्। जसमा रोहमनले कमेन्ट गरेका छन्, ‘र उनी मेरी हुन्।’

केही समय अघि रोहमनले आफ्नो इन्स्टा स्टोरीमा केही मेसेज लेखेका थिए जसमा कसैको नाम त लेखेका थिएनन् तर त्यो हरेर सुष्मिता र उनको ब्रेकअपको खबर आउन थालेको थियो। उनको यो एउटा तस्बिरले ती सबै अफवाह भएको पुष्टि गरेको छ। स्मरण रहोस्, सुष्मिता यतिबेला ४२ वर्ष पुगेकी छिन् भने उनका प्रेमीको उमेर २७ वर्ष हो।

 

प्रतिक्रिया दिनुहोस्