दाह्री पाल्नु स्वास्थ्यका लागि उत्तम, लाग्दैनन् यस्ता प्राणघातक रोग



काठमाडाैं : अचेल युवापुस्तामा दाह्री पाल्ने फेसन नै चलेको छ। स्कूल कलेज पढ्ने टिनएजर हुन् वा अफिसमा काम गर्ने कर्मचारी नै किन नहुन्, धेरैजसो पुरुषहरुले अचेल दाह्री पालेकै देखिन्छ।

कतिपयले शौखका लागि पनि दाह्री पाल्ने गरेको पाइन्छ। दाह्री पाल्नुका छुट्टै फाइदा पनि छन् जो उनीहरु स्वयंलाई थाहा नहुन पनि सक्छ। हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ।

सूर्यबाट आउने परावैजनिक किरणलाई दाह्रीले सिधै अनुहारमा पर्न नदिई रोक्ने गर्दछ। त्यस्तो हानीकारक किरणलाई छेक्ने भएकाले दाह्रीले अनुहारको चमकमा क्षति हुन दिँदैन। त्यस्तै, एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्यनले देखाएको छ।

यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन। दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ। सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डीफोरको समस्याबाट पनि दाह्री पाल्नेहरु मुक्त हुने अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्