एक बाेतल पानीकाे मूल्य नै एक कराेड



काठमाडाैं : भनिन्छ पानी जिन्दगानी। हुन पनि संसारका सबै जीवलाई बाँच्न पानी आवश्यक पर्छ। संसारमा पानीका विषयमा अनेकौं अनुसन्धान भएका छन्। मानिसको दैनिक जीवनमा पानीको नभई नहुने पदार्थ हो।

यही पानी एक बोतलको एक करोड रुपैयाँ पर्छ भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ। तर नपत्याएर सुखै छैन। अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको मूल्य एक करोड रुपैयाँ पर्छ। तर, करोड मूल्य पर्ने यो पानीको बोतल पाउन सजिलो भने छैन। पानी किन्नका लागि पहिले कम्पनीसँग अर्डर गर्नुपर्दछ। त्यसपछि बल्ल कम्पनीले पानी उत्पादन गर्छ। र क्रेतालाई उपलब्ध गराउँछ।

यो पानी खानका लागि भने होइन, लक्जरी कलेक्सनका लागि हो। यो पानीको बोतलको बिर्को नै सुनबाट बनाइएको हुन्छ। जसमा १४ क्यारेटका ६ सय वटा सेतो तथा २ सय ५० वटा कालो हीरा जडित गरिन्छ। हरेक बोतलका लागि छुट्टा–छुट्टै खोल बनाइएको हुन्छ । यो बहुमूल्य बोतलको पानीको नाम बेवर्ली हिल्स राखिएको छ।

यो पानी कम्पनीको प्रधान कार्यालय भने अमेरिकाको क्यालिफोर्नियास्थित बेवर्ली हिल्समा छ। कम्पनीले एकदमै अग्लो झरनाबाट पानी संकलन गरेर तयार पार्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्