थाइल्याण्डसँग दुवै खेल नेपालले हार्‍यो



काठमाडौँ । थाइल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दुवै मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ ।
एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी एफसीसँग ३–१ ले पराजित भएको हो ।
पहिलो हाफमा १–० ले पछि परेको राष्ट्रिय टोलीले दोस्रो हाफमा १ गोल खान पुग्यो ।
राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई आराम दिइएको टोलीको कप्तानी अनन्त तामाङले गरेका थिए । टोलीको गोलपोष्ट भने दिप कार्कीले सम्हालेका थिए ।
नेपाली टोलीका लागि खेलको ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल फर्काए ।
थाइल्याण्डको क्लबसँगको यो खेलले अन्तर्राष्टिय मान्यता भने पाउने छैन ।
नेपाली राष्ट्रिय टोलीले यसअघि थाइल्याण्डको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण अन्तर्राष्टिय खेलमा २–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्