रियल जोडी रिलमा पनि, निखिलको ‘आयो भैरव’मा संचिता ?



काठमाडौं : नायक निखिल उप्रेती आयो भैरव मार्फत दर्शकमाझ आउँदैछन् । निखिलले नै निर्देशन गर्ने यस चलचित्रको अहिले धमाधम स्क्रिप्टको काम भैरहेको छ ।

निखिल यो चलचित्रमा प्रहरीको भूमिकामा देखिदैछन् ।‘भैरव’ चलचित्रमा मधेसको कथा उठान गरेका निखिलले यसपटक भने काठमाडौंमा काम गर्ने एक प्रहरीको कथा उठान गर्ने बताएका छन् ।

चलचित्रको तयारी भइरहँदा यस चलचित्रमा नायिका को हुनेछिन् भन्ने चर्चा पनि छ । ‘भैरव’ चलचित्रमा निखिलले नायिका अनु शाहसँग पर्दा शेयर गरेका थिए । 

Image result for निखिल उप्रेती संचिता लुइटेल

    

यसैविच, चलचित्र ‘आयो भैरव’मा भने निखिलले नायिकाको रुपमा संचिता लुइटेललाई नै खेलाउन लागेको खबर बाहिरिएको छ । निखिलले भने नायिकाको बिषयमा केही पनि बोलेका छैनन् । तर, रियल जोडी नै रिल जोडीका रुपमा आउन लागेको खबर प्राप्त भएको छ । चलचित्र ‘माया त माया हो’मा काम गर्ने क्रममा निखिल र संचिता प्रेममा परेका थिए । पछि, उनीहरुले बिहे गरे ।

दर्शकले पनि लामो समयदेखि निखिल र संचितालाई पर्दामा हेर्न चाहेका छन् । यसले, दर्शकमा उत्साह पक्कै पनि थपेको छ ।

प्रतिक्रिया दिनुहोस्