गायक प्रेम परियारको ‘मेरो कथा’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं : विभिन्न हिट गीत गाएर चर्चा बटुलेका बाल गायक प्रेम परियारले सांगितिक बजारमा नयाँ गीत 'मेरो कथा' लिएर आएका छन । प्रेम परियारको स्वरमा मेरो कथा बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको हो ।

दिपेन्द्र शाहको शब्द र संगित रहेको गीतको निर्देशन सुरेश काफ्लेले गरेका छन् । गीतको भिडियोमा आशिष र निकिताले अभिनय गरेका छन् ।  

‘नाई नभन्नु ल २’ काे ‘मर्ने कसैलाइ रहर हुँदैन’ बाेलकाे गीतबाट उदाएका प्रेमले धेरै गीत रेकर्ड गर्दैनन्। उत्कृष्ट छानेर आफ्नो सत्र अनुसारको गीत गाउनु उनको रहर हो।

प्रतिक्रिया दिनुहोस्