मुखमा टेप बाँधिएको अवस्थामा सिङ्गो परिवार घरभित्रै मृत्त फेला 



भारतमा पाँच जनाको सिङ्गो परिवार घरभित्रै मृत्त अवस्थामा भेटिएका छन् ।

भारतको गजियाबादस्थित न्यू शताब्दीपुरमा मुखमा कालो टेप बाँधिएको अवस्थामा एउटा घरबाट श्रीमान, श्रीमती र उनका तीन सन्तानको शव भेटिएको छ । पुलिसले यसलाई हत्या र आत्महत्याको कोणबाट हेरिरहेको छ ।

भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार श्रीमानको नाम प्रदिप हो, उनकी श्रीमती एम्समा स्टाफ नर्स थिइन् । बच्चाहरुको उमेर ८, ५ र ३ बताइएको छ । श्रीमानलाई रक्सीको लत थियो । घटनाको कारण स्पष्ट छैन । शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

एक पलंग, 4 लाशें, मौत का तरीका देखकर पुल‍िस भी कांप उठी, Photos

प्राप्त जानकारी अनुसार प्रदीप नामका व्यक्ति आफ्ना आमा–बुवा, बहिनी र तीन सन्तानसहित बसिरहेका थिए । प्रदीप श्रीमती र तीन सन्तानसहित एउटा कोठामा सुतिरहेका थिए । शुक्रबार बिहान  ढिलासम्म उनीहरुको कोठाको ढोका नखुलेपछि ढोका ढक्ढकाइयो ।तर भित्रबाट कोही बोलेनन् । परिवारलाई शंका लागेपछि झ्यालबाट भित्र हेर्दा खाटमाथि प्रदीप र उनका तीन सन्तानको शव देखियो । 

प्रदीप र उनको बच्चाहरुको मुखमा करिब चार इन्च चौडा कालो रङको टेप बेरिएको थियो जबकी ४० वर्षीया श्रीमती संगिता खाटमुनी अचेत अवस्थामा थिइन् । उनको टाउकोमा गम्भीर चोट थियो र उनी तड्पिरहेकी थिइन् । नजिकै रगत लत्तपत्तिएको हथौडा थियो ।

भारतीय मिडिया आजतकका अनुसार उनलाई तत्काल अस्पताल पुर्याइयो तर उपचारका क्रममा उनको मृत्यु भयो । पुलिसले प्रदीप र उनका तीन सन्तानको शव पोष्टमार्टमका लागि पठाएको छ ।  अनुसन्धानमा कोठाभित्र कुनै सुसाइड नोट पनि भेटिएको छैन् ।

पुलिसले शुरुवाती अनुसन्धानपछि प्रदीपले आफ्नी श्रीमतीको टाउकोमा हथौडाले हमला गरेको र त्यसपछि तीन सन्तानको मुखमा कालो टेप लगाएर हत्या गरेको र त्यसपछि आफूले पनि मुखमा टेप बेरेर आत्महत्या गरेको अनुमान गरेको छ । अर्को कोठामा सुतिरहेका आमा–बुवाले भने आफूले कुनै पनि आवाज नसुनेको बताए । थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्