यी हुन् दक्षिण भारतीय फिल्मका चर्चित नायक र उनका रियल दाजुभाई  



आफ्ना दाजुभाई नै एउटै क्षेत्रमा लाग्ने कममात्र हुन्छन् । दक्षिण भारतीय फिल्ममा केही यस्ता नायकहरु रहेका छन् जो रियलमा नै दाजुभाइ हुन् । उनीहरु आफ्नै फ्यानहरु रहेका छन् । 

चर्चित नायक अल्लु अर्जुन र अल्लु सुरेश दाजुभाई  हुन् । दक्षिण भारतीय फिल्ममा अर्जुनले पाएजस्तो सफलता सुरेश पाउन सकेनन् । पछिल्लो समयभने उनी फिल्म क्षेत्रदेखि टाढै रहेका छन् ।

त्यस्तै अर्का चर्चित नायक जुनियर एन्टिआर र कल्याण राम दाजुभाई हुन् । जुनियर एन्टीआरले जति सफलता पाउन सकेका छन् त्यो बराबरको कल्याणले पाउन सकेका छैनन् । तर, उनले अभिनय क्षेत्रलाई भने छोडेका छैनन् ।

पवन कल्याण र चिरञ्जिवी दाजुभाई हुन् । उनीहरु फिल्म क्षेत्र र राजनीतिमा उत्तिकै सक्रिय रहेका छन् ।

चर्चित अभिनेता नागा चैतन्य र अखिल अकिनेकी दाजुभाई हुन् । नागा चैतन्यले हालसम्म धेरै हिट फिल्महरु दिएका छन् । तर, अखिलले चाहे जस्तो सफलता पाउन सकेनन् । उनी पछिल्लो समय परिवारको विजनेशमा व्यस्त रहेका छन् ।

त्यस्तै अर्का इस्टाइलिस नायक सूर्य र कर्थि पनि दाजुभाई हुन् । सूर्यको एक्टिगं एक्सनका कारण उनलाई सबैले मन पराएका छन् । कर्थिले सुरुमा केहि फिल्म खेले तर सफता नपाउनाले उनले फिल्म छोडिदिए । 

प्रतिक्रिया दिनुहोस्