आवश्यकता र औचित्यका आधारमा चुनावी गठबन्धन गर्न कांग्रेस बागमतीको सुझाव



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशले आगामी स्थानीय तह निर्वाचनमा आवश्यक्ता र औचित्यका आधारमा सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
कार्यसम्पादन समिति र संसदीय समितिको काठमाडौंमा बसेको संयुक्त बैठकले आवश्यक्ता र औचित्यका आधारमा स्थानीय तहसँग समन्वय गरी सत्ता गठबन्धनसँग सहकार्य गर्नुपर्ने समितिका सदस्यहरुको सुझाव रहेको कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बताए ।
कांग्रेस बागमती प्रदेशका कार्यसम्पादन र संसदीय समितिका अधिकांश सदस्यहरुले धारण राख्ने क्रममा केन्द्रले गठबन्धन गर्ने निर्णय गरेमा सत्ता साझेदार दलहरुबीच आगामी स्थानीय निकाय निर्वाचनमा गठबन्धन गर्नुपर्ने धारणा राखेको प्रवक्ता रुवालीले बताए ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको संयुक्त बैठकका वक्ताहरुले कांग्रेसले धेरैभन्दा धेरै स्थानमा आफ्नो पार्टीको जित सुनिश्चित र वर्तमान केन्द्रीय समितिका निर्णयको आधारमा वर्तमान गठबन्धनलाई निरन्तरता दिन तालमेल आवश्यक्ता रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्