कमेडी च्याम्पिएन सुरु हुँदै, विजेतालाई ५० लाखसहित कार पुरस्कार



काठमाडौं: आगामी भदौ महिनाबाट कान्तिपुर टेलिभिजनमार्फत प्रतियोगिता मुलक कमेडी रियालिटी शो (हास्यप्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ ।

‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको कार्यक्रमका निर्देशक बिशाल भण्डारी हुन् ।

निर्देशक भण्डारीले भने-‘यो कुनै विदेशी रियालिटी शोको फ्रेन्चाइज होइन । यसमा सहभागी हुनका लागि कमेडी च्याम्पिएनको एप्स डाउनलोड गरेर नेपालबाट सहभागी हुनेले सम्पादन नगरिएको ३ मिनेटको भिडियो र विदेशबाट सहभागी हुन चाहनेले ५ मिनेटको भिडियो आयोजक पक्षलाई पठाउनुपर्नेछ । यीनै भिडियोलाई हेरेर निर्णायकले चयन गरेको आधारमा उत्कृष्ट भएकाहरुले विभिन्न शहरमा हुने कमेडी च्याम्पियनसिपको अडिसनमा सहभागीता जनाउन पाउनेछन् ।’

अडिसनबाट चयन भएकाहरुमध्ये उत्कृष्ट २५ बाट १५ हुँदै उत्कृष्ट ३ लाई फाइनलमा उतारिने आयोजकले बताएको छ । विजेताले २५ लाख नगद र कार प्राप्त गर्ने आयोजकले बताएको छ ।

यो शोलाई नायिका रीमा विश्वकर्माले होस्ट गर्नेछिन् । सान थापाले लेख्ने स्क्रिप्टको निर्माताको रुपमा केकी अधिकारी, राज घिमिरे र सृजा थपलिया छन् ।

प्रतिक्रिया दिनुहोस्