आधुनिकता अंगाल्दै बोल्ड बनेकी गरिमा पन्त



काठमाडौं : कृष्ण धारावासीको उपन्यास ‘झोला’मा आधारित रहेर निर्माण गरिएको चलचित्रमा अभिनय गरेर एकाएक चर्चामा आएकी अभिनेत्री हुन्–गरिमा पन्त। उनी हाल बेल्जियममा छिन्। कुनै समय सोझी नायिकाको छवी बनाएकी गरिमाको त्यो छवि अब देखिँदैन। विवाहपश्चात उनीमा यो परिवर्तन देखा परेको हो। उनी विवाहपछि निकै बोल्ड हुँदै गएकी छिन्।

छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गर्दै आएकी छन्। बेल्जियममा रहेका नेपाली व्यवसायी हरि थपलियासँग विवाह गरेपश्चात उनी बेल्जियम मै व्यस्त छिन्। त्यसयता उनी नेपाली चलचित्रमा समेत देखा परेकी छैनन्। चलचित्रमा देखा नपरे पनि सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्बिरहरु यस्ता छन् :–

प्रतिक्रिया दिनुहोस्