‘साहो’मा ज्याकलिनको हट आइटम



काठमाडाैं : अगष्ट १५ मा रिलिज हुन लागेको साउथका सुपरस्टार प्रभाष र नायिका श्रद्धा कपुरको चलचित्र ‘साहो’ अहिले चर्चामा छ। बर्षकै खतरनाक एक्सन चलचित्र भनेर प्रचार गरिएको ‘साहो’लाई हिट बनाउन यसका निर्माताले कुनै कसर बाँकी राखेका छैनन्।

‘साहो’मा ज्याकलिनको आइटम

महंगो बजेटमा बनेको यो चलचित्रमा प्रभाष र श्रद्धा खतरनाक एक्सन दृश्यमा देखिनेछन्। ‘बाहुबली’को सफलतापछि प्रभाषप्रति दर्शकको आशा निकै बढेको छ। यसैविच, यो चलचित्रका लागि एक आइटम गीतको छायांकन गरिएको छ। आइटम गीतलाई अष्ट्रियामा खिचिएको छ।

Image result for jacqueline fernandez bold pic

आइटम गीतमा बलिउडकी हटकेक नायिका ज्याकलिन फर्नान्डेजले नृत्य गरेकी छिन्। अष्ट्रियामा चलचित्रको छायांकन सकेर ज्याकलिन भारत फर्किएकी छिन्। चलचित्रको टिजर सार्वजनिक भैसकेको छ। टिजरमा प्रभाषको एक्सनले दर्शकको ध्यान खिचेको छ। अब, प्रभाष र ज्याकलिनको आइटमले तहल्का मच्चाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्