प्रहरीद्वारा पत्रकारमाथि कुटपिट, अवस्था गम्भीर 



सिन्धुली : प्रहरीको कुटाइबाट पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) घाइते भएका छन् । 

मादक पदार्थ सेवन गरिरहेका प्रहरीको फोटो खिच्न खोजेको भन्दै प्रहरीले कार्कीलाई कुटपिट गरेको हो । प्रहरीको कुटाइबाट कार्की गम्भीर घाइते भएका छन् । उनको सिन्धुली अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

घटनापछि स्थानीयद्वारा जिल्ला प्रहरी कार्यालय घेराउ गरिरहेका छन् भने अहिले सिन्धुलीमाडीको तनावग्रस्त बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्