केपी ओलीसँग एकता गर्ने कुनै सम्भावना छैन : माधव नेपाल



काठमाडौ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै पनि एकता नहुने बताएका छन्। समाजवादी प्रेस संगठन नेपालले आइतबार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘केपी ओलीसँग एकता गर्ने कुनै सम्भावना छैन र हुन पनि हुँदैन’, उनले भने। गठबन्धनबीच चुनावी तालमेलका विषयमा सबै शक्तिको आकलन गरेर कुन मोडालिटीमा जाने भनेर छलफल भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्