दयाहाङको ‘कबड्डी कबड्डी कबड्डी’को टिजर रिलिज (भिडियो) 



काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक गरिएको छ । भदौ १३ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्र टिजर सार्वजनिक भएको हो ।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, रीश्मा गुरुङ, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ ।

टिजरमा भने दयाहाङ राई, बिजय बराल र उपासना सिंह ठकुरीलाई मात्र देखाइएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको स्क्रिप्ट छ । 

रेनशा वान्तवा राइको कोरियोग्राफर, शैलेन्द्र डी कार्कीको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्