अछाममा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गर्ने



अछाम । अछाममा तीन राजनीतिक दलले स्थानीय तह निर्वाचनमा वडासम्म नै तालमेल गर्ने निर्णय गरेका छन्। सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेताको बैठकले चुनावी तालमेल गरेर जाने निर्णय गरेका हुन्।

कांग्रेस सभापति पुष्पबहादुर शाह, माओवादी संयोजक रवीन्द्र साउद र नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिरण्ड भट्टराईले जिल्लाका १० स्थानीय तह र ९१ वडामा चुनावी तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। स्थानीय तहका कमिटी र कार्यसमितिलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न सार्वजनिक रूपमा अनुरोध गरिएको उनीहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

सत्तारूढ पाँचदलीय गठबन्धनले केन्द्रबाट पनि चुनावमा सँगसँगै जाने निर्णय गरेका थिए । त्यसअनुसार जिल्लाहरूमा पनि बैठक गरेर निर्णयहरू भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्